×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पपुवा न्युगिनीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

८ चैत्र २०७८

८ चैत्र, काठमाडौं ।
नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भर्खर सम्पन्न टसमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । नेपालले तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेको छ ।

Advertisement
Advertisement

युवा ब्याटर भीम सार्कीलाई नेपाली टोलीमा डेब्यू दिएको छ । भीमले घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले मध्यक्रममा ब्याटिङ गर्नुको साथै पार्टटाइम स्पिनरका विकल्प हुन् । आसिफलाई नेपालले युएईसँगको खेलमा बेन्चमा राखेको थियो । आसिफ र कुशलले ओपनिङ गर्दा भीमले सम्भव त ज्ञानेन्द्र मल्लको तेस्रो स्थान लिनेछन् ।

नेपाल पछिल्ला दुबै खेलमा घरेलु टोली युएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो । ब्याटिङमा नेपालको प्रदर्शन सम्झन लायक छैन । पपुवा न्युगिनीले युएईलाई ६ विकेटले हराउँदै आइसिसी विश्वकप लिग–२ मा पहिलो जित हात पारेको थियो । नेपालसँग पहिलो खेलमा २ विकेटले पराजित भएको थियो ।

लगातार खराब ब्याटिङ गर्दै आएको नेपालमाथि पपुवा न्युगिनी जित निकाल्ने सोचमा हुनेछ । पछिल्लो खेलमा युएईलाई हराएको हुँदा पपुवा न्युगिनीको मनोबल उच्च छ । नेपालको शीर्ष चार ब्याटरको प्रदर्शन सम्झन लायक छैन ।

कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख चारै खेलाडी लगातार खराब सटका साथ आउट हुँदै आएका छन् । शीर्ष चार ब्याटरलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । पपुवा न्युगिनीका कप्तान असाद भाला र चाल्र्स अमिनी प्रमुख हतियार हुन् ।

युएईलाई हराउन भालाले ६८ रनको इनिङ खेलेका थिए । अमिनीले ३६ रन जोडेका थिए । पपुवा न्युगिनी ओपनर टोनी उरा लेगा सियाकाबाट उत्कृष्ट सुरुवात चाहन्छ । सेसे बाउ र नर्मन भानुवा तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

युएईलाई हराउन तीव्र गतिका बलर एली नाओले १० ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका थिए । चाद सोपरले ३ र राइली हेकुरेले २ विकेट लिएका थिए । पपुपा न्युगिनीका यी तीन नै प्रमुख बलर हुन् । नेपाल र पपुवा न्युगिनीबीच तीन ओडिआई खेल भएको छ । तीनै खेलमा नेपाल विजयी भएको छ ।

Advertisement

यसअघि गत सेप्टेम्बरमा नेपालले ओमानमा पपुवा न्युगिनीसँग दुई अ‍ोडिआई सिरिज १ सय ५१ रन र २ विकेटले पराजित भएको थियो ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top