‘२३ औँ फ्लोरा एक्स्पो’ आउँदो बिहीवारदेखि सुरु हुने

७ चैत ७८, मंगलबार

८ चैत, काठमाडौँ । ‘२३ औँ फ्लोरा एक्स्पो’ पर्सिदेखि सुरु हुने भएको छ । फ्लोरिकल्चर एसोसिएशन नेपालले काठमाण्डौमा पत्रकार सम्मेलन गरेर पर्सि बिहीवारदेखि १३ गतेसम्म एक्स्पो आयोजना हुने जनाएको हो ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा हुने एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरुको समेत प्रर्दशनी गरिने एसोसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए ।

एक्स्पोमा अफिसिएल स्टल ४ वटा, प्रतियोगितात्मक स्टल २ वटा र व्यावसायिक स्टल ५६ सहित ६२ वटा स्टल रहनेछन ।

Advertisement

स्टलमा रहेका फूलबिरुवाहरुबीच प्रतिस्पर्धा गराइ उत्कृष्ट हुने पुष्प व्यवसायीलाई नगद, शिल्डसहित प्रमाणपत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको एक्स्पो आयोजक समितिले जनाएको छ ।

एक्स्पोमा ४५ हजारले अवलोकन गर्ने र करिब ७५ लाख रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top