×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवर्क्सको ढोका खुल्यो, सुरुङ सफाइ अन्तिम चरणमा

८ चैत्र २०७८

८ चैत, काठमाडौँ । बाढीपहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवर्क्सको ढोका खुलेको छ ।

बाढी पहिरोसँगै आएर थुप्रिएको गेग्रान हटाएर बन्द भएको ढोका खुलाएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदम कुँवरले जानकारी दिए । आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ ।

Advertisement
Advertisement

सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको कुँवरले बताए । बाढीले परियोजनाको प्रवेशद्वारदेखि अम्बाथानसम्मको आठ सय पाँच मिटर सुरुङ र सुरुङभित्र प्रवेश गर्ने अरु सहायक ढोकासमेत बन्द भएका थिए ।

गेग्रानले आयोजनाको मुख्य द्वार, ९ नम्बर, १० नम्बर ढोका, अम्बाथानतर्फका १७ र २१ का ढोका पूरै थुनेको थियो । सुरुङसम्म पुग्ने सहायक ढोकासमेत लेदोले पुरिएपछि आयोजना सञ्चालन हुने नहुनेबारे समेत अन्योल भएको थियो ।

इञ्जिनियर पदम कुँवरका अनुसार बाढीले बढी क्षति गरेको १ नम्बर ढोकादेखि हेडवर्क्ससम्मको सफाइ सकिएसँगै भित्र पानी पठाएर लेदो निकाल्ने काम भइरहेको छ ।

मुख्य ढोका बफर ड्यामबाट ३८ नम्बरको ढोका हुँदै अम्बाथानको अडिट टनेलको २१ ढोकाबाट पानी बाहिर पठाएर सुरुङ सफाइको तयारी भइरहेको कुँवरले जानकारी दिए ।

Advertisement

सरकारले बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण र सुरुङको सफाइ गरी यही चैत मसान्तभित्र काठमाण्डौमा पानी ल्याउने लक्ष्य राखेको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top