×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसएसपी अशोक सिंहलाई कारबाही सिफारिस

८ चैत्र २०७८

८ चैत्र, काठमाडौं ।
एसएसपी अशोक सिंहलाई कारबाही सिफारिस भएको छ ।

जुवाखालमा ‘चोरी भएको’ भनिएको चेकसम्बन्धी उजुरीमा गलत मनसाय राखेर अनुसन्धान गरेको भन्दै उनीमाथि कारबाहीको सिफारिस भएको हो ।

Advertisement
Advertisement

डिआइजी राजेशलाल कर्ण नेतृत्वको समितिले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सोमबार प्रतिवेदन बुझाउँदै कारबाहीको सिफारिस गरेको हो । एसएसपी सिंह काठमाडौं परिसरको प्रमुख हुँदा सो घटना भएको थियो ।

सिन्धुलीका राजकुमार बरालको चेक जुवा खेल्ने क्रममा उनका साथी सुभाष भेटवालले लिएका थिए । बरालले आफ्नो चेक चोरी गरेर त्यसमा भेटवालले आफैँ रकम भरेको उनको दाबी छ । भेटवालले भने चेकमा भएको रकमको माग गरी प्रहरीमा उजुरी गरेका थिए ।

चेक बाउन्स नै नभएको अवस्थामा भेटवालले उजुरी गरेको र प्रहरीले क्षेत्राधिकारबाहिर गएर सो मुद्दाको अनुसन्धानमा बद्नियत राखेको प्रतिवेदनमा रहेको स्रोत बताउँछ । घटनाको भोलिपल्टै बरालले चेक हराएको भनेर प्रहरीमा उजुरी दिएका थिए ।

सोही निवेदनका आधारमा प्रहरीले चेक हराएको ठाउँमा जुवा खेलेको भनेर घटनास्थलको मुुचुल्का पनि गरेको थियो । जसका आधारमा जुवा मुद्दा चलाउनुपर्ने देखिएकोमा त्यसतर्फ प्रहरीले अनुसन्धान गरेन । ‘जुवा खेलेको सूचना पाउँदा पनि एसएसपीले त्यसमा अनुसन्धान नगरी लुकाएको देखियो,’ छानबिन समितिका एक अधिकारीले भने, ‘त्यसमा उहाँको नियत ठीक देखिएन भन्ने हाम्रो निष्कर्ष हो ।’

प्रहरीले भेटवालको पक्ष लिएर चेकको रकम फिर्ता गर्न काठमाडौं परिसरका तत्कालीन प्रमुख एसएसपी अशोक सिंहले दबाब दिएपछि प्रहरी विवादमा परेको थियो । सरुवा हुने दिनमा एसएसपी सिंहले भेटवाललाई चेक फिर्ता गरेका थिए ।

Advertisement

जुन विषयमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । सोही आधारमा छानबिन भएको हो । छानबिन प्रतिवेदन बुझाइएको र त्यस विषयमा सिफारिसअनुसार प्रक्रिया अघि बढ्ने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top