८ चैत्र, विराटनगर ।
ग्रीन भेन्चर लिमिटेडले आज चैत ८ गतेबाट सर्वसाधारणलाई सेयर जारी गर्दै छ।
कम्पनीको सेयरमा चैत २२ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर जारी गर्न लागेको हो। यसको ३ प्रतिशत सेयर कम्पनीका कर्मचारीले पाउने छन्। उनीहरुले ९३ हजार ७५० कित्ता पाउने छन्।
यसपछि ५ प्रतिशत अर्थात १ लाख ५३ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुले पाउने छन्। बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणको दावी हुने छ।
कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले ५२.४ मेगावाट क्षमताको परियोजना बनाइरहेको छ। यसको अनुमानित लागत प्रति मेगावाट २३ करोड ५ लाख रुपैयाँ छ।
