×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हत्या आरोप लागेका तीन जना धरौटीमा रिहा भएपनि पुनः पक्राउ

८ चैत्र २०७८

८ चैत, धनगढी । कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोप लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि पुनः पक्राउ परेका छन् ।

जिल्ला अदालतले थुुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुुनरावेदन मुुद्दामा उच्च अदालत दिपायलले अभियुुक्तलाई थुुनामा राखेर पुुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नाबय उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका–३ बस्ने २८ वर्षीय बिकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुवँर रहेको जानकारी दिए ।

जोशीले गत फागुन ५ गते उच्च अदालतको तत्काल धरौटी तारेखमा छुटेका तिनै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएअनुुसार उनीहरुलाई पक्राउ गरिएको बताए । उनीहरुलाई जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जना गत मंसिर २४ गते जिल्ला अदालत कैलालीको आदेशपछि धरौटी बुुझाएर तारेखमा छुुटेका थिए भने अन्य ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

लम्कीचुुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । कैलाली प्रहरीले बडुवालको हत्यामा संलग्न भएको आरोपमा २१ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

Advertisement

उनीहरुमध्ये ९ जना तत्काल र एक जनापछि पक्राउ परेर कारागार चलान भइसकेका छन् । थप तीन जनासमेत गरेर कारागार चलान हुने अभियुुक्तको संख्या १३ पुगेको छ भने अन्य ८ जना अझै फरार छन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top