गठबन्धन अर्को दललाई जिताउनका लागि कि आफूलाई भन्नेमा नेतृत्वले ध्यान दिनु आवश्यक छः कोइराला

गठबन्धन अर्को दललाई जिताउनका लागि कि आफूलाई भन्नेमा नेतृत्वले ध्यान दिनु आवश्यक छः कोइराला

८ चैत्र, विराटनगर ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताएका छन्।

मंगलबार विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, ‘अहिले मेरो देशभरिका कार्यकर्ता साथीहरूसँग कुराकानी भइरहेको छ। सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ। तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ।’

पछिल्लो समयमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा दृढतापूर्वक उभिएका नेता कोइरालाले कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम औंल्याएका हुन्।

स्थानीय तहको निर्वाचनमा स्थानीय स्तरबाटै गठबन्धनबारे धारणा बन्नुपर्ने र केन्द्रको हस्तक्षेप हुन नहुने पक्षमा आफू रहेको कोइरालाको भनाइ थियो।

‘यसअघि पनि माओवादी, जसपा लगायतका दलसँग गठबन्धन गरियो। हामीले सबैलाई सिट छोड्यौं, कांग्रेसलाई कसैले छाडेन,’ कोइरालाले थपे,‘त्यसैले गठबन्धन केका लागि ? अर्को दललाई जिताउनका लागि कि आफूलाई भन्नेमा नेतृत्वले ध्यान दिनु आवश्यक छ। ’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.