NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट सोमवार साउन ५ , २०८२
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
Next
Prev

समाचार

बागमती प्रदेशले छुट्टै जासुसी संयन्त्र बनाउने

मङ्लबार चैत्र ८ , २०७८
Reading Time: 1 min read
A A
बागमती प्रदेशले छुट्टै जासुसी संयन्त्र बनाउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

८ चैत्र, काठमाडौं ।
बागमती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ ।

मंगलवार बसेको वाग्मती प्रदेशसभाको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गरेका थिए । कानून मन्त्री खनालको प्रश्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो ।

त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समिति पठाएको छ । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले संसदमा भने, ’ प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्तावलाई सर्वसम्मत स्वीकृत भएको घोषणा गर्दछु ।’

सञ्चारमाध्यम व्यवस्थापन संशोधन ऐनपनि अघि बढ्यो

त्यस्तै, वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्तावलाई सर्वसम्मत स्वीकृत गरेकोे घोषणा गरे ।

उनले प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्तावलाई पनि सर्वसम्मत स्वीकृत भएको पनि घोषणा गरे । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ ।

प्रदेश सरकार मातहत सुरक्षासँग सम्बन्धित सूचना ब्यूरो बन्ने

यसैबीच हाम्रा संवाददातासँग गरेको कुराकानीमा वागमती सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले पाएको अधिकारलाई सदुपयोग गरेर वागमती सरकारले पहिलोपटक आफ्नै मातहतमा रहनेगरी सुरक्षासँग सम्बन्धित सूचना ब्यूरो बनाउन लागेको बताएका छन् ।

उनले दफाबार छलफलपछि मात्रै व्यवस्थित गरिने बताए । मन्त्री खनालले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पास गरेपनि प्रदेशमा प्रहरी समायोजन हुन नसकेको गुनासो गरे । आन्तरिक मामिला मन्त्री शर्माले भने , ‘यो दर्ता भएको एक हप्ताजति भयो । आज त्यसलाई दफाबार छलफलका लागि पठाएका छौँ ।

तीन तहको सरकारको परिभाषा संविधानले गरेको छ । त्यसमध्येको यो प्रदेश सरकार हो । यसको आफ्नै सुरक्षा, संयन्त्रहरु त्यसलाई व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन । हामीले प्रदेश प्रहरी ऐन पास गरेका छौँ । तर त्यो अहिलेसम्म पनि प्रदेशमा प्रहरी समायोजन हुन सकिरहेको छैन ।

यो हामीले बनाउन पाउने अधिकारको कुरा हो । यसलाई आफ्नै अनुसन्धान ब्यूरो, यसको स्थापना,काम, कर्तव्य र अधिकारलाई परिभाषित गरेर आफ्नै नियनत्रणमा रहनेगरी, आफ्नै सुरक्षा संयन्त्र रहने गरी आफ्नै ब्यूरो हुने गरी यसको व्यवस्थापन हामीले गरेका छौँ । यो अधिकारमा पाएको कुरा माथि सोधिरहनु पर्ने, माथिको मुख ताक्नुपर्ने त्यस्तो अवस्था होइन । विगतमा कतिपय ऐन कानून मुख ताक्ने हिसावले भएर प्रदेश सरकार इकाइको रुपमा हो कि भन्ने आम बुझाइ पनि भयो ।

कतिपय अवस्थामा संघबाट नै एक समय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै यसलाई इकाइसरहको ढंगको व्याख्या गरिदिनु भयो । यसले एउटा कौतुहलता पनि जाग्यो । त्यसैले यो छुट्टै सरकार हो, यसका छुट्टै संयन्त्रहरु हुन्छन् । यसका सुरक्षा संयन्त्रहरु हुन्छन् । यसका गोप्य सूचना दिने संयन्त्रहरु हुन्छन् ।

यस हिसावले यो बनाएको हो । यो अब दफाबार छलफलमा गएको छ । संशोधनहरु पनि परेका छन् । यसमा छलफल गरेपछि हामीले पहिलोपटक आफ्नै मातहतमा रहनेगरी सुरक्षासँग सम्बन्धित सूचना ब्यूरो बनाउँदै छौँ र यसलाई धेरै छलफल गरेर व्यवस्थित गरेर हामी काम गर्छौं ।’

मन्त्री खनालले संघीय सरकारको मुख ताक्दा धेरै कामहरु प्रदेश सरकारमा हुन ढिलाइ भइरहेको पनि बताए ।

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो
अपराध

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट
अन्तर्राष्ट्रिय

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.