पहिरो खस्दा एस्काभेटर पुरियो, दाङ–सल्यान सडकखण्ड अवरुद्ध

८ चैत ७८, बुधबार

९ चैत्र, सल्यान ।
सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले एस्काभेटर पुरिएपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ ।

Advertisement

सल्यानको कपुरकोट–३, चोरखोला नजिक सडक निर्माणका क्रममा सुख्खा पहिरो खस्दा बा २ क ८०७७० नम्बरको एस्काभेटर पुरिएको हो ।

एस्काभेटर पुरिएपछि मंगलबार रातिदेखि राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । एस्काभेटर पुरिँदा एस्काभेटरका अपरेटर हिमनाथ योगी घाइते छन् ।

Advertisement

पहिरोसँगै झरेको ठूलो ढुंगाले एस्काभेटरलाई च्यापेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । दाङबाट अर्को एस्काभेटर ल्याएर पहिरो पन्छाउने प्रयास थालिएको छ । दिउँसोसम्म पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top