१० चैत, काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ ।
नागढुङ्गा भन्दा केही तल बस बिग्रिएकाले नागढुङ्गा–नौबिसे सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेको हो ।
यसले गर्दा चाप बढेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बिग्रिएको बसलाई बनाउने काम भइरहेको छ ।
बस बनेपछि सडक दुईतर्फी नै खुलाइने छ । यो सडक खण्ड भएर हरेक दिन हजारौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् ।
साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।