वर्षमान पुन चीन प्रस्थान

वर्षमान पुन चीन प्रस्थान

११ चैत्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन् ।

हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन गएका हुन् । नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन गएका छन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।

स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गएको १३ असोजमा थाइल्यान्डको बैङ्ककमा रहेको समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो ।

स्वास्थ्य लाभ गरी पुन १० माघमा स्वदेश फर्किएका थिए । स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिए । पुन स्वास्थ्य जाँच गरी चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.