युक्रेनबाट विस्थापित एक लाखलाई अमेरिकाले आश्रय दिने

११ चैत ७८, शुक्रबार
Share this
720shares

११ चैत्र, एजेन्सी ।
युद्धका कारण युक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ।

Advertisement

रुसको आक्रमणका कारण लाखौँ मानिस युक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने भएको हो। अमेरिकाले थप १ अर्ब अमेरिकी डलर पनि सहयोग गर्ने घोषणा गरेको छ। सो रकम युक्रेनमा उत्पन्न मानवीय सङ्कट समाधानका लागि प्रयोग गरिने अधिकारीहरूको भनाइ छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारीअनुसार, मानवीय सहायताअन्तर्गत खाद्य पदार्थ, आश्रयका लागि आवश्यक सामग्री, सफा पानी, स्वास्थ्य सामग्रीलगायतका सहयोग प्रदान गरिने भएको हो। (रासस–एएफपी)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top