मैत्रीपूर्ण फुटबलमा नेपालले आज थाइल्यान्डको चोनबरी एफसीसँग खेल्दै

मैत्रीपूर्ण फुटबलमा नेपालले आज थाइल्यान्डको चोनबरी एफसीसँग खेल्दै

१३ चैत, एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा आज थाइल्यान्डको क्लब चोनबरी एफसीसँग खेल्दैछ ।

नेपाल र चोनबरीबीचको खेल बेलुका पौने ६ बजे हुँदैछ । यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड पुगेको हो ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.