१४ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी–२० श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ ।
खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे सुरु हुँदैछ ।
यसअघि नेपाल र पीएनजी एक पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने भएका छन् ।
सन् २०१५ मा नेपालले आईसीसी टी–२० विश्व कप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो ।
७ वर्षअघि भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा पर्सि मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ ।