काठमाडौं, २४ चैत । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई शपथ गराएकी छन् ।
गैरसांसद मन्त्री बन्न पाउने कानुनी व्यवस्थाअनुसार सांसद नरहेका बन्दी बिहीबार मन्त्री नियुक्त भएका थिए । कानुन व्यवसायी पृष्ठ भूमिका बन्दी नेकपा एकीकृत समाजवादी निकट हुन् । दैलेख स्थायी ठेगाना भएका बन्दी काठमाडौं बस्दै आएका छन् ।
६ महिनाभित्र राष्ट्रियसभा वा प्रतिनिधिसभाको सदस्य बन्न नसके बन्दी ६ महिनापछि स्वतः पदमुक्त हुनेछन् ।
