विराटनगरमा जारी टि–२० मेयर कप क्रिकेटः प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर

२५ चैत ७८, शनिबार

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्जले महानगरपालिलाई पराजित गरेको हो ।

पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो । राजविराजकालागि अमित यादवले २७ रन बनाउँदा विकाश दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरि २४ रनमा अविजित रहे । त्यस्तै रोहन विकले २० रन बनाए । विराटनगरका दिपेश कँडेलले २ विकेट लिँदा मुकुन्द यादव र सिद्धान्त लोहनीले १–१ विकेट लिए ।

१ सय ३८ रनको विशाल रनको लक्ष पाएको विराटनगरले १६ दशमलव ३ बलमा सवै विकेट गुमाई ९१ रनमा सिमित भयो । विराटनगरकालागि मिनस थापाले २८ रन जोड्दा मुकुन्द यादवले १४ रन तथा रेवती यादव र सिद्धान्त लोहनीले १२–१२ रनको योगदान दिए । राजविराजका म्यान अफ द म्याच रोहित सिंहले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादव, विश्वकिर्तीमानधारी बलर महबुव आलम र राहुल मण्डलले २–२ विकेट विकेट लिए ।

दोस्रो खेलमा जनकपुरले विरगञ्जमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई ७६ रनको झिनो स्कोर खडा गरेको थियोे । जनकपुरकालागि हरिशंकर साहले १९ रन बनाउँदा रोनक रत्नम, विशाल सुस्लीङ र रुपेश यादवले १०–१० रन बनाए । विरगञ्जकाकागि सम्शाद मन्सुरीले ३ ओभरमा १४ रन दिए ५ विकेट लिँदा अरनिको यादवले ३ विकेट लिए ।

७७ रनको झिनो लक्ष पछ्याएको विरगञ्जले पुरै ओभर खेल्दै ९ विकेट गुमाई ७३ रनमा सिमित भयो । विरगञ्जकालागि अरनिको यादवले २४ रन बनाउँदा साहिल पटेलले १३ रन र इमरान शेखले १२ रन जोडे । जनकपुरका म्यान अफ द म्याच विशाल सुस्लीङले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ४ विकेट लिँदा हरिशंकर साहले १ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।

६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ । समुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुगने छन् । चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top