मोडालिटीमै अलमलियो सत्ता गठबन्धन

२७ चैत ७८, सोमबार

काठमाडौं, २७ चैत । स्थानीय चुनावका लागि एमालेले धमाधम उम्मेदवार टुंगो लगाउँदा पाँच दलीय गठबन्धन भने तालमेलको मोडालिटीमा अलमलिएको छ । आइतबार गठबन्धनको निर्वाचन परिचालन तथा अनुमगन समितिको बैठक तीन घण्टा चले पनि तालमेलको मोडालिटीबारे अनिर्णित बनेको नेताहरूले बताएका छन् ।

Advertisement

सत्ता गठबन्धनबीच पाँच दलबाहेक अन्यसँग तालमेल नगर्ने सहमति भए पनि कसले कति स्थानीय तह लिने भन्नेमा सहमति जुट्न सकेको छैन । आइतबार समितिले स्थानीय तहबाट प्राप्त प्रतिवेदनमा छलफल गरेको छ । स्थानीय तहबाट प्राप्त प्रतिवेदनका आधारमा आ-आफ्नो दलको प्रभाव क्षेत्रबारे छलफल भएको बैठकमा सहभागी माओवादी केन्द्रका नेता देव गुरुङ्ले बताए । ‘आ-आफ्नै दलको प्रभाव क्षेत्रमा विषयमा दाबी पेस भएको छ । निर्वाचनका सवालमा समितिले शीर्ष नेताबीच प्रस्ताव लाने तयारी गरेको छ,’ उनले भने ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि शीर्ष नेताले नै तालमेलको टुंगो लगाउने बताए । ‘स्थानीय तहबाट प्राप्त  प्रतिवेदनबारे हामीले छलफल गर्‍यौँ । प्रतिवेदनका आधारमा सीट बाँडफाँडको जिम्मेवारी शीर्ष नेतालाई दिने निर्णय समितिले  गरेको छ,’ उनले भने ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top