भरतपुरको मेयर नपाए गठबन्धन अस्वीकार गर्ने कांग्रेसका २९ वटै वडाका सभापतिहरूको निर्णय

२९ चैत ७८, बुधबार

काठमाडौं, २९ चैत । नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका २९ वटै वडाका सभापतिहरूले भरतपुरको मेयर नपाए गठबन्धन स्वीकार नगर्ने निर्णय गरेका छन् ।

मंगलबार कांग्रेस चितवनको पार्टी कार्यालयमा बसेको वडा सभापतिहरूको बैठकले गठबन्धनका तर्फबाट मेयर कांग्रेसले नपाए गठबन्धनविरुद्ध जाने निर्णय गरेको हो । उनीहरूले आफूहरूको संयुक्त निर्णय विपरीत गठबन्धन गरिए भरतपुर महानगरमा मेयर-उपमेयर र सबै वडामा अध्यक्षसहितका ५ जना उम्मेदवार खडा गर्ने निर्णय पनि गरेका छन् ।

‘गठबन्धनका लागि हाम्रो बटमलाइन नै भरतपुरको मेयर हो । त्योबाहेकको निर्णय भए सबै ठाउँमा उम्मेदवार उठाउँछौँ भन्ने निर्णय पार्टी सभापतिलाई बुझाएका छौँ,’ भरतपुर–१ का वडासभापति आश्विन श्रेष्ठले भने । बैठकको निर्णय वडा सभापतिहरूले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिले पुनः माओवादीलाई भरतपुरको मेयर दिने तयारी गरेको भन्ने खबर सुनेपछि वडा सभापतिहरूले यस्तो निर्णय गरेको उनले बताए ।  कांग्रेसको केन्द्र, जिल्ला र महानगर समितिले गठबन्धन गर्ने निर्णय गरे पनि वडा सभापतिहरूले भरतपुरको मेयर नपाए कुनै पनि गठबन्धन नगर्ने निर्णय गरेका छन् ।

साथै वडा सभापतिहरूले आफूहरूले भनेको नभए गठबन्धनका सबै उम्मेदवारलाई बहिष्कार गर्ने निर्णय पनि गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top