×

NEPAL TIMES UPDATES

Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026

नेपाल श्रीलंका जस्तै बन्न सक्छ,राष्ट्र बैंकको नीति ठीक छ : राठी

३० चैत्र २०७८

विराटनगर, ३० चैत । पछिल्लो समय श्रीलंका आर्थिक संकटमा छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय सार्वजनिक गरेको आठ महिनाको देशको अर्थतन्त्रको पछिल्लो ८ महिनाको प्रतिवेदनले पनि नेपालको अर्थतन्त्र विग्रँदै गएको देखाएपछि नेपाल पनि सोही अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता पूर्वका उद्योगी/व्यवसायीहरुले गरेका छन् ।

नेपालको बिग्रँदो आर्थिक अवस्थाबारे चर्चा चलिरहँदा विराटनगरका उद्योगी अरुणकुमार राठीले बेलैमा ध्यान नदिने हो भने नेपाल पनि श्रीलंका बन्ने खतरा रहेको बताएका छन् । ‘अहिले नेपालाको स्थिती पनि श्रीलंका जस्तै भइरहेको समाचारहरु जसरी अगाडी आएका छन् । विभिन्न क्षेत्रबाट धेरै कुराहरु बजारमा आएका छन् ।’ उनी भन्छन्,‘के साँच्चै त्यहि स्थितीमा पुग्न लागेको हो भन्ने प्रश्न उब्जिएको छ । यदि नेपालले बेलैमा बिचार पुर्याएन भने हाम्रो स्थिती पनि श्रीलंका जस्तै हुने निश्चित छ ।’

Advertisement
Advertisement

राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय सदस्यसमेत रहेका राठीले नेपालको अवस्था श्रीलंका जस्तै बनेको खण्डमा पैसा भएपनि बजारबाट सामान किन्न नसक्ने अवस्थामा पुगिने बताए । ‘त्यो अवस्था आए पैसा भए पनि बजारबाट केही सामान किन्न गाह्रो हुन्छ ।’ उनले भने,‘हरेक सामानको दाम यत्ति बढेर जान्छ कि हामी किन्नै सक्दैनौँ ।’

उनले पछिल्लो समय राष्ट्र बैंकले लिएको नीति सकारात्मक रहेको बताए । ‘अहिले राष्ट्र बैंकले एलसी रोकेको छ । वस्तु एलसीबाटै आयात भइरहेको छ ।’ उनले भने,‘बैंकबाट एलसी खोल्न जुन बन्द गरिएको छ, खाली औद्योगिक कच्चा सामाग्रीको मात्र एलसी खोल्न सकिन्छ । यो नितिको म एकदमै सराहना गर्दछु ।’

उनले राष्ट्र बैंकको सो नीतिले नेपालमा सामाग्रीको अभाव हुने र भन्सार राजश्वमा गिरावटसमेत आउने भएपनि स्वदेशी उत्पादनले प्राथमिकता पाउने बताए । ‘एलसी बन्द हुँदा चाउचाउ, विस्कुट, चिप्स, चकलेट, चिउरा भुजालगायतका स्वदेशी उत्पादनले ठूलो मार्केट पाउने छ । अहिले यी चिज अरबौँ रुपैयाँको नेपालमा आयात भइरहेको छ । यसले विदेशी बजारको उत्पादनहरु जसरी आइरहेको छ, बन्द भयो भने नेपाली उत्पादनहरुले अवसर पाउनेछन् ।’ उनले भने,‘विदेशबाट आयात भइरहेका वस्तुहरु नेपालमै उत्पादन हुने अवसर प्रदान गर्नेछ । यस्ता प्रोडक्ट नआए पनि हामीलाई कुनै किसिमको फरक पर्दैछ ।’

उनले नेपाली बजारमा जुत्ता÷चप्पल लत्ताकपडा ठूलो मात्रामा आयात हुँदै आएको र एलसी बन्द हुँदा आयात निरुत्साहन हुने भएकाले स्वदेशी उत्पादनले प्राथमिकता पाउने बताए । ‘नेपाली उद्योगहरु उत्साहित ढंगले सञ्चालन हुनेछन् । विदेशी उत्पादन भन्दा राम्रो क्वालिटी नेपाली बजारमा नै उत्पादन हुन थाल्छ ।’ उनले भने,‘उद्योगहरु फस्टाउने र सञ्चालनमा आउनेछन् । नेपाल एक समयमा टेक्सटायलको कपडाको निर्यात कर्ता थियो । त्यो जिवित हुनेछ ।’

उनले एलसी बन्द हुँदा कन्ट्रक्सन कन्पनीहरुलाई निकै समस्या हुने भएकाले बैंकहरुलाई नै कोटा प्रणालीका आधारमा आयातको अनुमति दिनुपर्ने बताए । ‘एलसी बन्द हुँदा सवैभन्दा गाह्रो हुने भनेको कन्स्ट्रक्सन कम्पनी हो । नेपालका १० औँ हजार त्यस्ता उद्योगहरु समस्यामा पर्नेछन् । यससँग जोडिएका लाखौँ कामदार बेरोजगार हुनेछन् ।’ उनले भने,‘त्यसैले आयात गर्न बैंकहरुलाई नै कोटा सिस्टम गर्नुपर्छ । लिस्टिङ गरेर केही केही सामानहरु आउन दिनुपर्छ ।’

उनले समग्रमा एलसी बन्दले नेपालमा औद्योगिकरणको विकास हुने दावी गरे । ‘नेपाल औद्योगिकरणमा प्रवेश गर्ने छ र आफै आत्मनिर्भर हुनेछ । नेपालले आफै निर्यात गर्ने अवस्थामा आउने पोजिटिभ कुरा देखिएको छ ।’ उनले भने,‘इम्पोर्ट कम हुँदा बैंकको तरलता बढ्नेछ । औद्योगिकरणको अवसर ठूलो आउनेछ । पछिल्लो दिनमा जसरी हाइड्रो बढ्दैछ त्यसबाट विजुली भारत निर्यात गर्न सक्छौँ । यसबाट ठूलो आम्दानी हुन्छ ।’

Advertisement
Advertisement

उनले एलसी बन्द गर्दा नेपालको सञ्चित विदेशी मुद्रा पनि बढेर जाने दावी गरे । ‘यो नेपालका लागि एउटा टर्निङ पोइन्ट हुनेछ । उनले भने राष्ट्र बैंकको यो नीतिका कारण मैले नेपालको उज्वल भविष्य देखेको छु ।’

भर्खरको समाचार

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

सम्बन्धित खबरहरु

Scroll to Top