काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले भरतपुरमा माओवादीलाई मेयर छाड्ने सहमति नभएको प्रष्ट पारेका छन् ।
विभिन्न सञ्चारमाध्यममा चितवन कांग्रेसले माओवादीलाई मेयर छाडेको भन्ने भ्रामक समाचार आएको भन्दै उनले भनेका छन्, ‘भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षडयन्त्र भइरहेको छ ।
रेणुलाई कांग्रेसले समर्थन गरिसकेको छ भनेर व्यापक हल्ला चलाइएको छ । विभिन्न मिडियामा पनि यसै भनेर समाचार आइरहेको देखिन्छ । तर त्यो सत्य होइन ।’
