बुटवलमा १ सय ५ जनाले छाडे कांग्रेस

११ बैशाख ७९, सोमबार

रुपन्देही । गठबन्धनसँग असन्तुष्ट रहेका बुटवलका १ सय ५ जना कांग्रेसका युवाहरूले सामूहिक राजीनामा दिएका छन् ।

Advertisement

बुटवल कांग्रेसको बलियो संगठन रहे पनि माओवादीलाई अनावश्यक स्थान दिएको भन्दै यसरी राजीनामा दिएको उनीहरूको भनाइ छ ।

गठबन्धन गरेर मेयर आफै लिएको कांग्रेसले उपमेयर एकीकृत समाजवादीलाई दिएको छ ।

Advertisement
उपमहानगरपालिकाको वडा नं ३ का युवाहरूले वडाध्यक्ष माओवादीलाई दिएको भन्दै यसरी सामूहिक राजीनामा दिएका हुन् ।

यसअघि बुटवलकै मेयरको उम्मेदवारीका विषयमा असन्तुष्टि जनाउँदै क्षेत्रीय सभापति हरि लम्सालले कांग्रेसको साधारण सदस्य नरहने गरी राजीनामा दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top