काठमाडौँ,भदौ २
बलात्कारीलाई फाँसीको माग गर्दै काठमाडौको माईतीघर मण्डलामा अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका छन् । शनिबार महिला अधिकारका अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको छ । बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए ।
प्रर्दशनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ । संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर, बलात्कार विरुद्ध संयुक्त दबाब ¥याली को ब्यानरमा झण्डै दुई दर्जनको संख्यामा मण्डलामा भेला भएका युवा युवतीले संविधान संसोधनको माग गरेका छन् ।
मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारवाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन् । विशेष गरेर नया पुस्ताका युवा युवतीहरुले सामाजिक सञ्जाल मार्फत नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाईरहेका छन् । मण्डलामा पनि सामाजिक सञ्जालमा ससक्त हुदै आएका युवायुवतीको उपस्थिति थियो । भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिता ऐनमा सार्वजनिक स्थानमा अर्धनग्न प्रर्दशन गर्नेलाई पनि कानुनी कारवाही हुने व्यवस्था छ ।