भरतपुरमा अघि लम्किन रेनु, विजय तर्सिए ,भूईकटहरको धक्का

३ जेष्ठ, भरतपुर । तीव्र प्रतिस्पर्धा देखिएको भरतपुरको महानगरको मेयरका लागि सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले फेरि अग्रता बढाउँदै लगेकी

Advertisement

छन्। १७ हजार ८४६ मत गणना हुँदा उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ५९ मतले पछि पारेकी छन्। यसअघि रेनु ३० मतले अगाडि थिइन्। पछिल्लो नतिजाअनुसार उनले ५ हजार ९४७ मत ल्याएकी छन्। एमालेका सुवेदीले ५ हजार ८८८ मत पाएका छन्।

भरतपुर महानगर प्रमुखका लागि भूईकटर चुनाव चिन्हमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २ हजार ९०५ मत प्राप्त गरेका छन्।

Advertisement

भरतपुर महानगरको उपप्रमुखका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार २५७ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङले ४ हजार ८२२ मत पाएकी छन्।

Advertisement

भरतपुरमा अहिले मतगणना भइरहेको वडा नम्बर ५ को वडाध्यक्षमा कांग्रेसले २८३ र एमालेले २६० मत ल्याएका छन्। रेनु दाहालका बागी उम्मेदवार बनेका जगन्नाथ निर्णायक बन्दै गएका छन्। भरतपुरमा वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ।

भरतपुरको वडा नम्बर १ मा नेपाली कांग्रेसले जितेको छ । यस्तै वडा नम्बर २ मा एमालेका पूर्णबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

वडा ३ मा नेपाली कांग्रेसका चन्द्रमित्र पण्डित विजयी भएका छन् भने वडा नम्बर ४ मा एमालेका हरिप्रसाद आचार्य विजयी भएका छन् ।

मतगणना सकिएका वडामा भूँकइकटहर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका पौडेलले पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेनुको मत धेरै काटेका छन्।

त्यसो त उनले एमालेका उम्मेदवार विजय सुवेदीको पनि मत काटेका छन्। पौडेलले पाएको मतबाट गठबन्धन त झस्किएको छ नै, त्यो भन्दा बढी एमाले पनि तर्सिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top