चट्याङ लागेर काभ्रेमा किशोरीको मृत्यु

३ जेठ ७९, मंगलबार
Share this
714shares

३ जेष्ठ , काभ्रे । काभ्रेमा रोशी गाउँपालिका(९ पनान्चेमा आज दिउँसो चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सो ठाउँका गणेश लुङ्गेलीकी छोरी अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो।

घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक चट्याङ लागि घाइते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top