उल्लेख्य रुपमा बढाइयो खेलकुदमा स्थानीय तहको बजेट

१७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्थानीय तहको बजेटमा उल्लेख्य बृद्धि गरिएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको वार्षिक बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि कुल ३ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

जसमध्ये संघमा २ अर्ब ४५ करोड ५० लाख, प्रदेशका लागि ३९ करोठ ५२ लाख तथा स्थानीय तहका लागि ४० करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको यो बजेट कुल बजेटको ०।१८ प्रतिशत हुन आउँछ । यो युवा र खेलकुद दुवैका लागि आएको एकमुष्ट बजेट हो ।

मन्त्रालयको कुल बजेटमध्ये ८३ प्रतिशत खेलकुदमा जाने गरेको छ ।आगामी आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद राखेप०ले चालू र पूजिँगत गरी २ अर्व ९ करोड रुपैयाँ बजेट पाउनेछ ।

त्यसमध्ये ८७ करोड रुपैयाँ पूर्वाधार बजेटका रुपमा तोकिएको छ । मूलपानी रंगशालाको पूर्वाधार निर्माण सम्पन्न, त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान, कोहलपुरमा महिला राष्ट्रिय क्रिकेट एकेडेमी र क्रिकेट रंगशाला निर्माण, फाप्लामा क्रिकेट रंगशाला निर्माण, जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणलगायतका परियोजनाका लागि विकास बजेट खर्च हुनेछ ।

सरकारले अघिल्ला तीन आर्थिक वर्षको बजेटमा १५ करोड हाराहारी बजेट पाएको स्थानीय तहले आगामी आर्थिक वर्षमा झण्डै तीन गुणा बढी खर्च गर्न पाउनेछन् ।

चालू आर्थिक वर्षमा स्थानीय तहका लागि १५ करोड २३ लाख छुट्याइएको थियो ।

आर्थिक वर्ष २०७७र७८ मा पनि सोही रकम बराबरको बजेट छुट्याइएकोमा आर्थिक वर्ष २०७६र७७ मा स्थानीय तहले १४ करोड ४३ लाख रकम युवा तथा खेलकुद बजेटका रुपमा पाएका थिए ।

सरकारले आर्थिक वर्ष २०७६र७७ देखि एक स्थानीय तह एक खेल पूर्वाधारको योजना ल्याएको थियो ।

त्यसयता तीन आर्थिक वर्षमा १८३ स्थानीय तहमा खेल पूर्वाधार निर्माण सुरु भएको छ ।

अघिल्ला दुई आर्थिक वर्षमा १४४ स्थानीय तहमा पूर्वाधार निर्माण सुरु गरिएकोमा चालू आर्थिक वर्षमा ३९ नयाँ स्थानीय तहमा पूर्वाधार निर्माण सुरु गरिएको खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले जानकारी दिए ।

स्थानीय तहमा पूर्वाधार निर्माण कार्यक्रममा खेलकुद मन्त्रालयले योजना पहिचान र बजेट विनियोजन गर्दै आएको छ ।

आगामी आर्थिक वर्षदेखि यो अधिकार सिधै स्थानीय तहमा हस्तान्तरण हुने गरी बजेटमा पनि उल्लेख्य बृद्धि गरिएको हो ।

यो वर्ष सरकारले सरुंघीय सरकारबाट कार्यान्वयन भइरहेका खुद्रे योजनाको कार्यान्वयन स्थानीय र प्रदेशबाटै गर्ने नीति लिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top