फेसबुकबाट यातना दिनेविरुद्ध जाहेरी परे अनुसन्धान हुने प्रहरी प्रमुखको भनाइ

१८ जेठ ७९, बिहीबार

१९ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बताएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा उनले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे जाहेरी परे अनुसन्धान हुने बताएका हुन् ।

हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक यातनाबारे एक लेख लेख्दै प्रहरीको साइबर ब्यूरोले जाहेरी दर्ता गर्न नमानेको बताएकी थिइन् । ब्यूरोले ‘तथ्य पुग्दैन’ भनेर फर्काइदिएको उनको गुनासो थियो ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरीले जाहेरी लिन्न भन्नै नपाउने बताए । ‘कहिले काहीँ प्रहरीले जाहेरी लिएन भन्ने गुनासो आउँछ, साइबर ब्यूरोले जाहेरी लिएन भने माथिल्लो निकाय उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमार्फत पनि दिन सकिन्छ, अथवा जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिन्छ’, सिंहले भने, ‘अहिले प्रहरीलाई जाहेरी लिनै पर्ने बाध्यात्मक अवस्था छ, पक्राउ गर्ने नगर्ने भन्ने चाहीँ अनुसन्धानबाट टुंगिने विषय हो ।’

नेपाल प्रहरीको नेतृत्व गरेको एक महिना पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले अरु आईजीपी जस्तो छुट्टै प्राथमिकता सार्वजनिक नगर्ने पनि बताए ।

‘मभन्दा अगाडिका प्रहरी प्रमुखको प्राथमिकता नै मेरो प्राथमकिता हो, अर्को हुँदैन’, सिंहले थपे, ‘वस्तुनिष्ठ अनुसन्धान, प्रहरी समायोजनालाई निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै अपराध नियन्त्रण जस्ता नेपाल प्रहरीको प्राथमिकताले नै मेरो नेतृत्वको पनि प्राथमिकता हो ।’

उनले विगतका नेतृत्वले ल्याएका सबै योजना अब्बल भए पनि प्रभावकारी कार्यान्वयनको अभाव भएको बताउँदै आफूले कार्यान्वयनमा ध्यान दिने जनाए ।

‘बाँकी रहेका निर्मला हत्या प्रकरण जस्ता जघन्य अपराधका घटनामा पनि मेरो ध्यान हुनेछ’, उनले भने, ‘प्रहरी संगठनभित्र सरुवा बढुवालाई मेरिट लिष्टको आधारमा अघि बढाइनेछ । ब्याचलाई नै उछिनेर कसैलाई ल्याइनेछैन ।’

पत्रकार सम्मेलनमा सिंहले प्रहरी कर्मचारका लागि घट्दो संयुक्त राष्ट्र संघको शान्ति मिसन बढाउनका लागि पनि पहल गर्ने बताए ।

उनले भने, ‘यसका लागि प्रहरीको कल्याण महाशाखाका एसएसपीको नेतृत्वमा समिति गठन गरेर पनि काम थालिसकेका छौं ।’

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top