एजेन्सी, भदौ ३
चेल्सीका मुख्य प्रशिक्षक माउरिजिओ सार्रीले चेल्सीका विंगर इडेन हाजार्डलाई युरोपकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । यदि उनले युरोपकै उत्कृष्ट खेलाडी बन्न चाहे उनी उत्कृष्ट खेलाडी बन्न सक्ने सार्रीले दावी गरेका हुन् ।
हाजार्ड चेल्सीमा छ वर्षदेखि निरन्तर लयमा छन् । जो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न सकिने छ । हाजार्डले विश्वकपमा गरेको मजबुत प्रदर्शन यस सिजन प्रिमियर लिगमा पनि निरन्तरता दिने आशा गरिएको छ ।
२७ वर्षीय हाजार्ड चेल्सीमा आफ्नो प्रिमियर लगको सातौं सिजनको सुरुआत गर्दै छन् । उनले दुई पटक प्रिमियर लिग जिताएका छन् । उनले रुस विश्वकपमा बेल्जियमलाई सेमिफाइनल सम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
रुस विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाएका उनले एक नयाँ चुनौतिका लागि तयार रहेको संकेत दिएका छन् । हाजार्डलाई रियलले पछ्याइ रहेको थियो । तर, उनी यो सिजन चेल्सीमै बस्ने बताएका छन् । उनको चेल्सीमा अझै दुई बर्षको सम्झौता बाँकी रहेको छ ।