प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सबै जानकारी पाउनुपर्छः माधव नेपाल

३० जेष्ठ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् ।

‘वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे रिभ्यु गर्न पाए हुन्थ्यो । यसबारे हामीले क्लियर धारणा बनाउनुपर्छ,’ उनले भने ।

कुनै पनि विदेशीको हस्तक्षेप स्वीकार्य नहुने भन्दै उनले नेपालको असंलग्न परराष्ट्र नीतिबारे ध्यान दिनुपर्ने पनि बताए ।

‘हामी असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने ढंगले कतै काम त हुन पुगेन त्यसबारेमा सजग र सतर्क हुन सक्यौं कि सकेनौं । यसको पनि हामीले समीक्षा गर्नुपर्ने आवश्यक छ,’ उनले भने ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद र सिंगो देश जानकार हुनुपर्ने बताउँदै उनले भने, ‘के–के तयारी भैरहेको छ, सबै जानकारी हुनुपर्छ ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top