तेह्रथुम, भदौ ४
तेह्रथुमको म्याङलुङ बजारमा वृद्धवृद्धाको जमघट र भलाकुसारीका लागि वृद्ध चौतारी निर्माण गरिएको छ । नगरपालिकाले बजारका वृद्धवृद्धाका लागि सो चौतारी निर्माण गरिदिएको हो ।
बजारको बीच भागमा रहेको रेडक्रस चोक नजिकै रु सात लाखको लागतमा निर्माण गरिएको सो चौतारीले बजार क्षेत्रमा रहेका तथा गाउँबाट बजार आउने वृद्धवृद्धाका लागि जमघट र भलाकुसारी गर्न सहज भएको ज्येष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष केदार ढुङ्गानाले बताए ।
चौतारीले वृद्धवृद्धाबीचमा आपसी प्रेम र सद्भाव वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ उक्त चौतरी नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गरेका थिए ।
(रासस)