×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

एक वर्षमै सोलुखुम्बुबाट १२ सय क्विन्टल भन्दा बढी जडीबुटी निकासी

१४ श्रावण २०७९

१४ साउन,सोलुखुम्बु ।

हिमाली जिल्ला सोलुखुम्बुबाट एक आर्थिक वर्षमा १२ सय क्विन्टल भन्दा बढी जडीबुटी गैर काष्ठ वन पैदावर निकासी भएको छ ।गएको आर्थिक वर्ष २०७८र०७९ मा जिल्लाको सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रबाट १२ सय ४८दशमलव ३ क्विन्टल जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीका अनुसार सामुदायिक वनबाट ६० हजार ६ सय १० किलो, निजी वनबाट ४९ हजार एक सय किलो र राष्ट्रिय वनबाट १५ हजार १२० किलो जडीबुटी निकासी भएको हो ।

Advertisement
Advertisement

कार्यालयको तथ्यांक अनुसार लिखुपिके, सोताङ, महाकुलुङ र माप्यदुधकोशी गाउँपालिका क्षेत्रबाट बढी मात्रा गैर काष्ठ वन पैदावर निकासी भएको छ । जिल्लामा सामुदायिक वन ३२ हजार ७ सय ३ दशमलव ९६ हेक्टर, निजी १८५ दशमलव ५ हेक्टर र राष्ट्रिय वन ६ हजार ८ सय ८५ दशमलव ३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ती वन क्षेत्रहरुबाट मछिनो, चिराईतो, मजिठो, लोक्ता, अर्गेली, कालो तथा सेतो मुस्ली, धुपीको पात तथा चोइटा, मलागिरी, तितेपाती, विषजरा, गोब्रे सल्लाको पात, कुट्की, पदमचाल, पाखम्भेद, बुकीफुल लगायतका जडीबुटी निकासी हुने गरेको अधिकृत चौधरीले बताए ।

Advertisement
Advertisement

यी जडीबुटीहरु औषधिका लागि झापा, काकड्भिट्टा, काठमाण्डौ हुँदै भारत निकासी हुने गरेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top