भूकम्प गएको खोटाङमा पटक–पटक पराकम्प, भौतिक संरचनामा क्षति

१५ साउन, खोटाङ । ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङमा पटक–पटक परकम्प गएको छ । उक्त भूकम्पको धक्का पूर्वी नेपाल र काठमाडौँमा समेत महसूस भएको थियो ।

बिहान ८ बजेर १३ मिनेट जाँदा साकेला गाउँपालिका वडा नम्बर ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्प गएलगत्तै पटक–पटक परकम्प गएको खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले जानकारी दिए ।

Advertisement

भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ । तर, यकिन विवरण आइनसकेको उनले बताए । अहिले पालिकाका जनप्रतिनिधि, उद्धारकर्मी र सुरक्षाकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

उनीहरुले क्षतिको विवरण सङ्कलन गरिरहेका साकेला गाउँपालिकाका अध्यक्ष राईले बताए । लगातार परकम्प गइरहेकाले जोखिम बढेको भन्दै उनले स्थानीय बासिन्दालाई सुरक्षित रहन पनि आग्रह गरेका छन् । भूकम्प प्रभावित क्षेत्र दुर्गममा पर्छ ।

पानी पनि परिरहेकाले गाउँगाउँमा सम्पर्क गर्न कठिनाइ भएको छ । भूकम्पको केन्द्रबिन्दु मात्तिमबिर्तामा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरु रहेका त्यहाँका वडाअध्यक्ष अर्जुन कटवालले जानकारी दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top