२० साउन, काठमाडौं ।
साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से ३४।८५ अंक ९१।६२ प्रतिशत ले गिरावट भएर २११३।३० अंकमा बन्द भएको छ ।नेप्सेसँगै सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । नेप्से घटेपनि दुई घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । शुक्रबार ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५५ हजारको कारोबार भएको हो ।
जसमध्ये शिवम् सिमेन्टको १५ करोड ६६ लाख २९ हजार र नबिल बैंकको १४ करोड १४ लाख १४ हजारको कारोबार भएको छ । बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २१ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयरमूल्य भने स्थिर छ ।
कारोबारमा आएकामध्ये जोशी हाइड्रोपावरको सेयरमूल्य ५।९१ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ३।९४ प्रतिशतले वृद्धि भएको छ ।यता मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ७।१८ प्रतिशतले गिरावट हुँदा गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयरमूल्य ६।४२ प्रतिशतले घटेको छ ।