NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स शनिबार भदौ २८ , २०८२
रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ? शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ? शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद् शनिबार भदौ २८ , २०८२
धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

नेपाल र चीनका विदेशमन्त्री बीच के–के कुरा भयो ?

बिहिबार साउन २६ , २०७९
Reading Time: 1 min read
A A
नेपाल र चीनका विदेशमन्त्री बीच के–के कुरा भयो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ साउन,एजेन्सी ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच बुधबार साँझ भेट भएको छ । चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणामा खड्का तीन दिवसीय चीन भ्रमणमा गएका हुन् । खड्का र वाङबीच क्विनदाओमा भेट भएको हो । भेटमा दुई समकक्षीबीच सौहार्दपूर्ण र फलदायी कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई नेताबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी चासो र सहयोगका क्षेत्रलाई प्रवद्र्धन गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सहयोग गर्ने चिनियाँ विदेशमन्त्रीले घोषणा गरेका छन् । साथै चीनले सम्भाव्यता अध्ययन सर्वेक्षणका लागि यसै वर्ष चिनियाँ प्राविधिक नेपाल पठाउने घोषणासमेत गरेको चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र नेपाल हिमाल र नदीले जोडिएको र पुस्तादेखि पुस्तासम्म मित्रवत रहेको बताएका छन् । भेटवार्ताका क्रममा उनले चीनले साना वा ठूला तथा धनी वा गरिब देशलाई बराबर रुपमा हेर्ने र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि नेपाललाई सधैं साथ दिने बताए ।

LS Auto

उनले नेपालको विकासका लागि नेपाल सुहाउँदो विकास पथका लागि चीनले सधैं सहयोग गर्ने बताए । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत परियोजना सञ्चालन गर्न पनि चाहेको यीले बताएको चिनियाँ विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ । सो भेटवार्ताका क्रममा परराष्ट्र मन्त्री खड्काले दुई देशले एक अर्कालाई समान रुपमा व्यवहार गरेको र सधैं सम्मान गर्दै आएको बताएका थिए ।

उनले मैत्रीपूर्ण रणनीतिक साझेदारीले नतिजा ल्याउन जारी रहेकोसमेत बताएका छन् । त्यस्तै भेटवार्ताका क्रममा मन्त्री खड्काले ’एक चीन नीति’ प्रति नेपालको प्रतिवद्धतालाई दोहो¥याएका छन् । साथै उनले नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग हुन नदिनेसमेत प्रतिवद्धता गरेका छन् । साथै उनले नेपाल तिब्बत, सिनजियाङ र हङकङ जस्ता आन्तरिक मामिलामा चीनको वैधानिक अडानलाई समर्थन गर्ने बताएका छन् ।

नेपालको एक चीन नीतिप्रतिको प्रतिवद्धतालाई चीनले प्रशंसा गरेको छ । वाङ यीले नेपालका सरकारले एक चीन सिद्धान्तको पालना र कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने आफ्नो प्रतिबद्धतालाई पालना गरेकोमा प्रशंसा गरेका छन् ।

त्यस्तै चिनियाँ पक्ष नेपाललाई चियाको निर्यातका लागि स्वागत गर्न तयार रहेको जनाएको छ । साथै चिनियाँ औषधिजन्य सामाग्री, कृषि उत्पादनको निर्यात विस्तारका लागि चीनले स्वागत गरेको छ । साथै चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नेसमेत चीन सहमत भएको छ ।

दुवै पक्षले काठमाडौं भित्री चक्रपथको दोस्रो चरणको स्तरोन्नतिको कामलाई तीव्रता दिन सहमत भएका छन् । उर्जा इन्टरकनेक्सन प्रोजेक्टलाई प्रवर्द्धन गर्न दुबै पक्षले तीब्रता दिने सहमति भएको छ । साथै दुई देशबीच ऊर्जा सहयोग योजनालाई सुदृढ पार्न हिमालयन त्रिआयामिक अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्नसमेत सहमति भएको छ ।

त्यस्तै छलफलका क्रममा दुवै पक्ष विपद् रोकथाम र न्यूनीकरणमा सहयोगलाई अझ गहिरो बनाउन जारी राख्न सहमत भएका छन् । चीनले नेपालका सार्वजनिक अस्पतालहरूलाई ब्लड क्यान्सर उपचार उपकरण र प्रविधि उपलब्ध गराउने भएको छ । साथै खोप सहायता उपलब्ध गराउन जारी राख्ने प्रतिवद्धतासमेत जनाएको छ ।

दुई पक्षले जनता–जनता र सांस्कृतिक आदानप्रदानलाई सहज बनाउन सिधा हवाइ उडान बढाउन सहजीकरण गर्न सहमत भएका छन् । चीनले नेपाली विद्यार्थीहरुलाई चीन फर्केर अध्ययन सुचारु गर्न स्वागत गर्ने बताएको छ । यस्तै चीनले नेपाललाई दिएको कर वस्तुको ९८ प्रतिशतमा शून्य महसुल छुट सेप्टेम्बर १ देखि लागू हुने यीले बताएका छन् । साथै चीनले नेपाललाई यसको लाभलाई सदुपयोग गर्न चीनमा निर्यात विस्तार गर्न सहयोग गर्ने जनाएको छ ।

Tags: #नेपाल र चीन#विदेशमन्त्री बीच भेट

लोकप्रीय

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२

विचार

थप समाचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स
ताजा समाचार

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्
ताजा समाचार

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.