रुस ,चीन र भारत एक, संयुक्त सैन्य अभ्यास गर्ने

२ भदौ ,एजेन्सी ।
अमेरिकी सभामुख न्यान्सी पेलोसी र त्यसलगत्तै अमेरिकी कग्रेसको टोलीले ताइवानको भ्रमण गरेपछि क्रुद्ध बनेको चीनले रुससँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । संयुक्त सैन्य अभ्यासमा भाग लिन चिनियाँ सैनिकहरू रुस जाने भएका छन् । रुसले आयोजना गर्न लागेको संयुक्त सैन्य अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायत अन्य मुलुकहरूको सहभागिता रहने चीनको रक्षा मन्त्रालयले बुधवार जनाएको छ ।

चिनियाँ रक्षा मन्त्रालयले जारी गरेको एउटा विज्ञप्तिमा भनेको छ, “यस संयुक्त सैन्य अभ्यासमा चीनको सहभागितासँग वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिको कुनै सरोकार रहेको छैन ।” गत महिना मस्कोले युक्रेनसँगको महँगो युद्ध सुरु भएपनि आगामी ३० अगस्टदेखि ५ सेप्टेम्बरसम्म ‘भोस्तोक’ (पूर्व) अभ्यास आयोजना गर्ने योजना रहेको घोषणा गरेको थियो । रुसले त्यतिबेला उक्त अभ्यासमा केही विदेशी मुलुकको पनि सहभागिता रहने बताएपनि नाम भने उल्लेख गरेको थिएन ।

पछिल्लो पटक यस्तो अभ्यास सन् २०१८ मा आयोजना गरिएको थियो । त्यतिबेला चीनले पहिलोचोटि सहभागिता जनाएको थियो । चीनको रक्षा मन्त्रालयले रुससँग जारी रहेको वार्षिक आपसी सहयोग सम्झौताको एक भागको रूपमा आफूले यस कार्यक्रममा सहभागिता जनाउन लागेको बताएको छ । पछिल्लो समय अमेरिकाको ताइवानमा बढ्दो हस्तक्षेप र युक्रेन युद्धपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनको नेतृत्वमा बेइजिङ र मस्कोबीचको सम्बन्ध झनै मजबुत बन्दै गइरहेको छ ।

Advertisement

यसैबीच ताइवानी आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अमेरिकी प्रतिनिधिमन्डलको स्वशासित टापुको भ्रमण गरिहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

पिपुल्स लिबरेसन आर्मी एयर फोर्स पीएलएएएफका १७ वटा विमानमध्ये चार सुखोई एसयू–३० लडाकू विमान, तीन सेनयाङ जे–११ जेट फाइटर, दुई शेनयाङ जे–१६ जेट लडाकु विमान र एउटा सान्सी वाई–८ छन् । यसअघि अमेरिकी तल्लो सदनकी सभामुख पेलोसीको ताइपेइ भ्रमणको विरोधमा चीनले ताइवानको रक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । उनको भ्रमणको चीनले निन्दा गरेको थियो । चीनको अभ्यास सकिनै लाग्दा ताइवानले समेत सैन्य अभ्यास गरेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top