एसियाड आर्चरीमा तिलक विजयी, ज्ञानु र रोशन पराजित

एजेन्सी, भदौ ७
जकार्ता – १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको एकल रिकर्भमा नेपालका तिलक पुन मगर प्रिक्वाटरफाइनलमा प्रवेश गर्दा ज्ञानु अवाले र रोशन नगरकोटी राउण्ड अफ ३२ बाट बाहिरिएका छन् । पुरुषतर्फ राउण्ड अफ ३२ मा नेपालका तिलक पुन मगरले भुटानका वाङदी लामालाई ६–० ले पराजित गरे ।

पहिलो सेट २७–२५ ले जितेका तिलकले दोस्रो सेटमा २६–२५ को जित हात पारेका थिए । तेस्रो सेटमा २९–२३ को जित दर्ता गर्दै तिलक अर्को चरणमा प्रवेश गरेका हुन् । छनोटमा ६ सय ४१ अंक जोड्दै ३७ औं स्थान हासिल गरेका तिलकले राम्रो प्रदर्शन गरे । उनले अब क्वाटरफाइनल प्रवेशका लागि चीनका जु तियान्युको सामना गर्नेछन् ।

सोहि स्पर्धामा अर्का खेलाडी रोशन नगरकोटीले श्रीलंकाली खेलाडी सजीव डा सिल्भासँग ६(० ले पराजित भए । श्रीलंकाली खेलाडी २७–२४, २८–२४, २७–२५ ले विजयी हुँदै प्रि(क्वाटरफाइनल पुगेका छन् । सजीवले अब चाइनिज ताइपेइका वेई चुङहेङको सामना गर्नेछन् ।

ज्ञानु हङकङकी लाम शुक चिङ अदासँग ६(२ ले पराजित भएकी हुन् । पहिलो सेट २७(२२ ले पराजित भएकी ज्ञानुले दोस्रो सेटमा २७(२३ को हार बेहोरिन् । तेस्रो सेटमा लामको तेस्रो प्रहार खराब हुँदा ज्ञानु २६(२१ ले विजयी रहिन् । चौह्तो सेटमा लामले पुन लय समातिन र ज्ञानु २८(२३ ले पछि पर्दै खेल गुमाउन पुगिन् ।

यसअघि ज्ञानुले छनोट चरणमा ५ सय ८६ अंक जोड्दै ५५ औं स्थानमा रहेर एलिमिनेसन चरणको लागि छनोट भएकी थिइन् । छनोटमा ६८ खेलाडीले सहभागिता जनाएका थिए । ज्ञानुलाई पराजित गरेकी लामले अब चाइनिज ताइपेइकी तान याटिङको सामना गर्ने्छिन् । नेपालबाट असिम शेरचन र मिनप्रसाद गौचनले छनोट चरण पार गर्न सकेका थिएनन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top