×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारीको प्रतिस्पर्धा

२६ भाद्र २०७९

२६ भदौ , काठमाण्डौ ।

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई समाजवादी गुल्मीले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले पूर्वमन्त्री समेत रहेकी झाँक्रीलाई उक्त क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेलदवार सिफारिस गरेको हो । त्यस क्षेत्रमा नेकपा एमालेबाट गोकर्ण विष्ट उम्मेदवार सिफारिस भइसकेका छन् ।

Advertisement
Advertisement

यदि यो सिफारिस अनुसार नै दुवै मैदानमा उत्रिए पूर्वसहकर्मी झाँक्री र विष्टबीच रोचक भिडन्त हुने भएको छ । विष्ट २०७४ को निर्वाचनमा विष्ट यही क्षेत्रबाट विजयी भएका हुन् । झाँक्री भने समानुपातिका थिइन् । तर झाँक्री एक महिनायता गुल्मीमा केन्द्रित भएर चुनावी तयारीमा छिन् । नेकपा एसले सो क्षेत्रमा गठबन्धनमा आफूले पाउनुपर्ने दाबी गरेको छ ।

यसअघि नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी झाँक्रीले पार्टी विभागजनमा माधव नेपाललाई साथ दिएकी थिइन् । क्षेत्र नम्बर १ मा भने प्रमेश पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरिएको छ । यसैबीच पार्टीको जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन गरेको छ ।

केही दिनअघि एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी र इन्चार्ज गणेश खनालसहितको टोली नेकपा एमालेमा प्रवेश गरेपछि जिल्लाको कमिटी पुनर्गठन गरिएको हो । क्षेत्र नं १ मा उम्मेदार बनाइएका पोखरेल यसअघि वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य थिए । अहिले उनलाई गुल्मी जिल्लाको इन्चार्ज बनाइएको छ ।

सहइन्चार्जमा गणेश विश्वकर्मा रहेका छन् । सो क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्टसहित नेताहरू राजेन्द्र अर्याल, शेषकान्त गौतम सिफारिस भएका छन् भने नेपाली कांग्रेसबाट चन्द्र केसी, डा. दामोदर भुसाल तथा नेकपा माओवादीबाट भीमकान्त भण्डारी, वीरबहादुर कार्की र नुमकान्त पाण्डेको नाम सिफारिस भएको छ ।

Advertisement

जिल्लागत रुपमा नेताहरुको नाम उम्मेदवारका रुपमा सिफारिस भएपनि उनीहरुको उम्मेदवारीको निर्णय दुवै पार्टी केन्द्रले गर्ने भएकाको झाक्री र विष्टको भिड्न्तको सुनिश्चितताका लागि भने दुवै पार्टीको अन्तिम निर्णयको प्रतिक्षा गर्नुपर्ने देखिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top