पुटिन निकट अधिकारीको जहाजबाट खसेर मृत्यु

३० भदौ ,एजेन्सी ।
रुसमा विगत केही महिनायता ठूला कम्पनीका शीर्ष अधिकारीहरूको रहस्यमय मृत्युका घटना सार्वजनिक हुन थालेका छन् । पछिल्लो समय एकजना वरिष्ठ रुसी कार्यकारिणी अधिकारीको भ्लादिभोस्तोक नजिक आफ्नै जहाजबाट खसेर मृत्यु भएको रुसका स्थानीय सञ्चार माध्यमले बताएका छन् । बिजनेस इन्साइडरका अनुशार राष्ट्रपति स्वयंले कामका लागि छनौट गरिएको बताइएका इभान पेचोरिन नामक ती व्यक्ति पुटिन निकटको बताइएको छ ।

रुसमा लगातार रहस्यमय परिस्थतिमा मर्ने वरिष्ठ अधिकारीहरूमा इभान पछिल्लो हुन् । इभानको शव घटनाको दुई दिनपछि रुसको सुदूर पूर्वी भ्लादिभोस्तोकदेखि करिब १ सय माइल टाढा समुद्री छालले बगाएर ल्याएको अवस्थामा फेला परेको थियो । स्थानीय न्युज आउटलेट भीएलडट आरयूका अनुसार सेप्टेम्बर १० मा रुस्की आइलन्ड नजिक इभान चलिरहेको जहाजबाट खसेका थिए ।

उनी रुसको सुदूर पूर्वी तथा आर्कटिक विकास कर्पोरेसन (केआरडीभी) का लागि उड्डयन निर्देशक थिए । केआरडीभी राष्ट्रपति पुटिनले रुसको सुदूर पूर्वी क्षेत्रको उर्जा खानी विकासका लागि बनाएको परियोजना हो । यसअघि विगत ६ महिनाको अवधिमा आठजना अग्रणी रुसी धनाढ्यहरूको आत्महत्या वा दुर्घटनामा मृत्यु भएको छ । सेप्टेम्बर महिनाको आरम्भमा लुकआयल नामक विशाल तेल कम्पनीका अध्यक्ष राभिल मागानोभ मस्कोस्थित अस्पतालको झ्यालबाट खसेर बितेको खबर आएको थियो ।

यस्तै गत अप्रिलमा नोभाटेक कम्पनीका पूर्व व्यवस्थापक सर्गे प्रोतोसेन्याको शव स्पेनस्थित एक विलासी भिल्लामा फेला परेको थियो । उनकी पत्नी र छोरीको शव पनि सँगै भेटिएको थियो । अप्रिलमै गाजप्रोमबैंकका पूर्व उपाध्यक्ष भ्लादिस्लाभ आभायेभ मस्कोस्थित आफ्नै फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । उनका पत्नी र छोरी पनि उनीसँगै मारिएका थिए । यसैगरी मेमा लुकआयलका पूर्व शेयरधनी अलेक्जेन्डर सुब्बोटिन मुटु नचलेपछि उनको निधन भएको थियो ।

उनीहरू बाहेक लियोनिड शुलम्यान, अलेक्जेन्डर ट्युल्याकोभ, मिखाइल वाटफोर्ड, भ्लादिमिर ल्याकिशेभ, युरी भोरोनोभ लगायतका धनाढ्यहरूको पनि रहस्यमय मृत्यु भएको थियो । यसरी एकपछि अर्को पुटिन निकट तर केही उनको विपक्षमा रहेका रुसी व्यापारीहरूको मृत्यु हुँदा त्यसका लागि को जिम्मेवार छ भनी चर्चा हुन थालेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमण निर्णयको विरोध गर्नेहरू पनि मारिइरहेको देख्दा क्रेमलिन यसका लागि दोषी रहेको पश्चिमी सञ्चारमाध्यमहरूले बताउने गरेका छन् ।

भर्खरको समाचार

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top