×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

साफको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

३ आश्विन २०७९

३ असोज ,एजेन्सी ।

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश आज प्रतिस्पर्धा गर्दैछन् । साँझ पाँच बजे दशरथ रंगशालामा हुने फाइनल भिड्न्तपछि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउँदैछ । साफ महिला च्याम्पियनसिपको इतिहासमै पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटौँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो ।

Advertisement
Advertisement

पाँचपटकको च्याम्पियन भारतलाई जारी प्रतियोगितामा पराजित गरेका दुवै टिमबीचको फाइनल भिड्न्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । समूह चरणमा बंगलादेशले भारतलाई ३–० गोल र सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएका थिए । साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशको यो दोस्रो पटक हो ।

नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् ।आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको भनाइ छ ।

जारी महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टिमले १२ वर्षमा आठौं पटक फाइनल खेल्दैछ । आजको खेलमा साफले नयाँ च्याम्पियन पाउँदा नेपाल त्यो इतिहासमा आफ्नो नाम लेखाउन चाहन्छ । नेपालले सेमिफाइनलमा पाँचपटकको च्याम्पियन भारतलाई पराजित गर्दै उपाधिमा बलियो दाबेदारी पनि प्रस्तुत गरिसकेको छ ।

यसअघि नेपालले भारतविरुद्ध १२ वर्षमा खेलेका ७ फाइनल गुमाएको थियो । ७ पटक उपाधि नजिक पुगेर पनि उपविजेतामै चित्त बुझाउनु प¥यो । अब १२ वर्षमा आठौं पटक फाइनलमा भिड्न लागेको नेपालका लागि सहज भने पक्का छैन । घरेलु मैदानको फाइदा रहेको नेपालले बंगलादेशको युवा र अनुभवी खेलाडीलाई सुक्ष्म तरिकाले नियाल्ने प्रशिक्षक थापाको भनाइ छ।

फाइनलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ मैदान फर्कने विश्वास गरिएको छ । डेंगी सक्रमणका कारण साम्बाले श्रीलंकाविरूद्धको समूह चरणको अन्तिम खेल र भारतविरुद्धको सेमिफाइनल गुमाएकी थिइन् । नेपाली टिमलाई खड्किएको अर्को पक्ष भने साफको तयारीअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नपाउनु हो । बंगलादेशले भने नेपालमा साफ खेल्न आउनुअघि मलेसियासँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

Advertisement
Advertisement

इतिहास हेर्ने हो भने नेपाली महिला टिमले बंगलादेशसँग कहिल्यै हारेको छैन । यस्तै नेपालले पनि जारी प्रतियोगितामा अहिलेसम्म गोल खाएको छैन । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० गोलले हराएको थियो । भारतलाई सेमिफाइनलमा १–० ले हराएको नेपालले अहिलेसम्म ११ गोल गरिसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top