संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

३ असोज,काठमाण्डौ ।

संविधान दिवस–२०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६८१ कैदीलाई आममाफी भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई आममाफी दिएकी हुन् । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बुसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार आजदेखि लागू हुने गरी आममाफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइएको जानकारी दिएका हुन् । यस्तै संविधान दिवसकै अवसर पारेर ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकले विभूषित गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Advertisement

पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयले सार्वजनिक गरेको छ । जसमा नेपाल रत्न पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई प्रदान गरिएको छ । कोइरालालाई मरणोपरान्त नेपाल रत्नबाट विभूषित गरिएको हो । कोइरालालाई संविधान जारी गर्दा प्रधानमन्त्री थिए । त्यस्तै राष्ट्र गौरवबाट स्वर्गीय जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई विभूषित गरिएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवाश्री संस्कृतिविद् डा. जगमान गरुङलाई प्रदान गरिएको छ । यस्तै सुकीर्तिमय राष्ट्रदीपबाट कलाकार नीर शाह, अभिनेता राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई विभूषित गरिने भएको छ । आज संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् ।

उनले संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिँदै नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वाेपरि राख्न आवश्यक रहेको उल्लेख गरेकी छन् ।

यस्तै संविधान दिवसको शुभकामना दिदैं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको जनाएका छन् ।

यसैबीच संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की, सभामुख अग्नि सापकोटा लगायत सहभागी भएका छन् ।विगतमा सो समारोहमा प्रधानन्यायाधीश उपस्थित हुने गरेका थिए ।तर यस वर्ष भने कामु प्रधानन्यायाधीश कार्की सहभागी भएका हुन् ।महाभियोग लागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यतिखेर निलम्बनमा छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top