प्राधिकरण र सहायक कम्पनीका ८ आयोजनाबाट डेढ वर्षभित्र ८३० मेगावाट विद्युत

प्राधिकरण र सहायक कम्पनीका ८ आयोजनाबाट डेढ वर्षभित्र ८३० मेगावाट विद्युत

काठमाडौं,भदौ ८
नेपाल विद्युत प्राविधिकरण तथा प्राधिकरणका सहायक कम्पनीका ८ आयोजनाबाट आगामी डेढ वर्षभित्र ८ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने भएको छ ।उक्त अवधिमा निमार्णाधिन अवस्थामा रहेका प्राधिकरणका आफ्नै आयोजना १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, पूरा हुनेछन् भने सहायक कम्पनीले निर्माण गरिरहेका ४ सय ५६ मेगावाट माथिल्लो तामाकोसी, ५७.३ मेगावाट सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी पनि पूरा हुनेछन् ।

सन् २०१९ को अन्यसम्ममा वार्षिक १० प्रतिशतका आधारमा विद्युत माग १ हजार ७ सय ५० मेगावाट पुग्ने प्रक्षेपण छ । सो अवधिमा कूल जडित क्षमता २ हजार २ सय ७४ मेगावाट पुग्ने प्राधिकरणले जनाएको छ ।देशमा विद्युत माग बर्खामा कम र हिउँदमा बढी हुने गरेको छ भने उत्पादन ठिक उल्टो छ । निर्माणधीन र अब निर्माण गर्न बाँकी गरी अबको ५ वर्षमा कूल जडित क्षमता करिब ४ हजार ५ सय मेगावाट पुग्ने अनुमान छ ।

सरकारले आगामी ५ वर्षभित्र देशका सबै क्षेत्रमा विद्युतको पहुँच पुर्याउने योजना अघि सारेको छ भने यसका लागि बायोग्यास, सोलार, हावा, फोहोर लगायत स्रोतको पनि उपयोग गरी विद्युत उत्पादन सुरु भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.