पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना,२ मेजरसहित ६ पाकिस्तानी सेनाको मृत्यु

Share this
728shares

१० असोज,एजेन्सी ।

Advertisement

पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा आइतबार राति सेनाको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जना सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई अधिकृतसमेत रहेको पाकिस्तानी सेनालाई उदृत गर्दै रोर्यटसले जनाएको छ । पाकिस्तानको बालोचिस्तानस्थित हर्नाई नजिकै ‘फ्लाइङ मिसन’को क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो।

अहिलेसम्म विमान दुर्घटनाको कारण भने खुलाइएको छैन। सेनाले यस विषयमा अहिले अनुसन्धानको काम भइरहेको बताएको छ। स्थानीय अखबार, डनले इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले सोमबार बलुचिस्तानको हर्नाईको खोस्ट नजिकै उडान अभियानको क्रममा हेलिकप्टर दुर्घटनामा दुई मेजर सहित छ जना पाकिस्तानी सेनाका अधिकारीको मृत्यु भएको पुष्टि गरेको छ।

Advertisement

“दुई पाइलट सहित जहाजमा रहेका सबै छ जना कर्मचारीहरूले मृत्युलाई अँगालेका छन्,“ आईएसपीआरले भनेकोछ । पाकिस्तानी सेनाका अनुशार मृत्यु हुनेमा मेजर मुनीब अफजल – चालक, मेजर खुर्रम शहजाद – चालक तथा चालक दलका सदस्य खनाक जलील, सब अब्दुल वाहिद, एम इमरान र सेप शोएब रहेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top