×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

उत्तर कोरियाले फेरि गर्यो थप दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

२० आश्विन २०७९

२० असोज,एजेन्सी ।

उत्तर कोरियाले बिहीबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पछिल्ला २ हप्तामा उत्तरले प्रहार गरेको यो छैटौँ क्षेप्यास्त्र हो । प्योङयाङले बुधबार आफ्ना परीक्षणहरूलाई अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य प्रशिक्षणको जवाफ भएको बताएको थियो । मंगलबार उत्तर कोरियाले जापानी आकाशमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

Advertisement

त्यसलगत्तै अमेरिकाले सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको थियो । बैठकमा अमेरिकाले उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाउन रुस र चीनले रोकेको आरोप लगाएको थियो।बैठकमा मस्को र बेइजिङले प्योङयाङलाई ’व्यापक सुरक्षा’ दिने गरेको अमेरिकी राजदूतले बताए । चीन र रुसका प्रतिनिधिले भने दण्ड दिनुभन्दा संवाद बढाउनु राम्रो हुने बताए ।

उत्तर कोरियाले मंगलबार प्रहार गरेको क्षेप्यास्त्रको प्रतिक्रियामा बुधबार अमेरिका, जापान र दक्षिण कोरियाले युद्ध अभ्यासको आयोजना गरेका थिए । अमेरिकाले युद्ध अभ्यास र प्रतिबन्धित क्षेप्यास्त्र प्रहार बराबरीको कार्य हुन नसक्ने जनाएको छ । उत्तर कोरियाले भने त्यो अभ्यास शत्रुहरूबाट हुने आक्रमणको तयारीको प्रमाण भएको जनाएको छ ।

दक्षिण कोरिया र जापानले स्थानीय समयअनुसार बिहीबार बिहान ६ बजे प्रहार गरेको पहिलो क्षेप्यास्त्रले करिब १ सय किलोमिटर उचाई लिँदै करिब ३ सय ५० किलोमिटर दूरी पार गरेको जनाइएको छ । जबकि दोस्रो क्षेप्यास्त्रले करिब ५० किलोमिटरको उचाई लिँदै करिब ८ सय किलोमिटरको दूरी पार गरेको थियो ।

उत्तर कोरियाद्वारा गरिएको ब्यालेस्टिक मिसाइल परीक्षणको जवाफमा अमेरिकाले पनि अमेरिकाद्वारा निर्मित ’आर्मी टेक्टिकल मिसाइल सिस्टम’ नामक मिसाइल प्रक्षेपण गरेको थियो । यता युक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकी निर्णयबाट रुस रुष्ट बनेको छ ।

यसले अमेरिकासँग सीधा सैन्य भिडन्तको जोखिम बढाएको चेतावनी रुसले दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । अमेरिकाका लागि रुसी राजदूत एनातोली एन्तोनोभले युक्रेनलाई सैन्यसहितका थप सहयोग गर्ने अमेरिकी घोषणा रुसका लागि तात्कालीक चेतावनी रहेको बताए ।

उनले अमेरिकालाई द्वन्द्वको एक भागिदारका रुपमा चित्रित गरेका हुन् । यसअघि अमेरिकाले रुससँग युद्धको सामना गरिरहेको युक्रेनलाई थप ६२५ मिलियन अमेरिकी डलर बराबरको सहयोगको घोषणा गरेको थियो ।

हतियारसहितको अमेरिकी सहयोगले रुसी कब्जामा रहेका क्षेत्र पुनः नियन्त्रणमा लिने अभियानमा रहेको युक्रेनलाई सहयोगी हुने अपेक्षा गरिएको छ ।युक्रेनी सेनाले उत्तर पूर्व र दक्षिणी क्षेत्रमा पछिल्ला हप्ता महत्वपूर्ण सफलता हाँसिल गरेका छन् । अमेरिकाले पछिल्लोपटक अत्याधुनिक रकेट सिस्टमसहितको सहयोग गर्न लागेको हो ।

Advertisement

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि युद्ध घोषणा गरेयता अमेरिकाले युक्रेनलाई करिब १७ बिलियन अमेरिकी डलर बराबरको सहयोगको वाचा गरिसकेको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top