×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

पहिरोमा पुरिएर ७ जनाको मृत्यु/हजारौं घर डुबानमा, सोमबारसम्म पानी पर्ने

२२ आश्विन २०७९

२२ असोज, काठमाण्डौ ।
जुम्लामा पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा गएको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत विवरण आउन बाँकी नै रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताएका छन् ।

यता प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये शनिवार बिहान दुई जनाको शव फेला परेको छ । शव भेटिएका उनीहरूको परिचय खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । माण्डवी गाउँपालिका–४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट हिजो शुक्रवार आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।

Advertisement
Advertisement

बाँकी चार जनाको खोजी भइरहेको प्युठान प्रहरीले जनाएको छ । यता चट्याङ लागेर झापाको बिर्तामोडमा एक बालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा एकजना बालिकाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–२ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको स्थानीयबासीले जनाएका छन् ।

अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमहीन गरपालिका–६, बेल्दमारस्थित १८ नम्बर टावर ढालेको हो ।

प्रसारण लाइन ढलेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति बन्द भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् । वैकल्पिक व्यवस्था गर्दा पनि ती उद्योगहरुलाई बिजुली दिन अपुग भएको छ । टावर जडान गर्न केही दिन लाग्ने प्राधिकरणले जनाएको छ ।

यता दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार वटा घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा दुई हजार नौ सय ५२ घर डुबानमा परेका हुन् ।

घर डुबानमा परेपछि विस्थापित भएका आफन्तको घरमा आश्रय लिएर बसेका छन् । यस्तै तीन दिनदेखि लगातार पानी पर्दा दुई सय तीन घर पूर्णरूपमा भत्किएका छन् । झन्डै एक सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । दाङका सबैभन्दा बढी लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका पूर्णरूपमा प्रभावित भएका छन् ।

यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगिशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकाका धेरैजसो वडा बाढीका कारण प्रभावित भएका छन् । यसपालिको बाढीले धान खेती पनि नष्ट गरेको छ । पाकेर काट्न ठिक्क परेको धान डुबानमा परेपछि किसान चिन्तिन छन् ।

लगातारको वर्षाले दैलेखमा पनि जनजीवन प्रभावित भएको छ । दैलेख हुँदै आवागमन जोड्ने मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्गका ठाउँ–ठाउँमा पहिरोले सडक पुरिएका कारण लामो यात्रामा हिँडेका यात्रु अलमलमा परेका छन् । यस्तै दैलेख सदरमुकामबाट ग्रामीण क्षेत्र पुग्ने सडक र कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोडिएको सडकमा पनि पहिरोले अवरोध गरेपछि यात्रु बिचल्लीमा परेका छन् ।

कारण बिजुली आपूर्तिमा समेत अवरोध हुँदा विकल्पमा सोलार प्यानल चार्ज हुन नसकेपछि नेपाल टेलिकम र एनसेलका बीटीएस टावर बन्द भएको छ । जसका कारण ग्रामीण क्षेत्रको सञ्चार सम्पर्कविच्छेद भएको छ ।आज पनि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

Advertisement

अझै दुई÷तीन दिन पानी पर्न नरोकिने र सोमवारसम्म मौसम सुधार हुने नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वबाट क्रमशः सुधार हुँदै गएको छ । तर मौसम सुधार हुँदै गए पनि केही ठाउँमा भने आज पनि हल्का पानी परिरहेको छ । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top