सुन–चाँदीको मूल्यमा सामान्य बृद्धी,कतिमा हुँदैछ कारोबार

१५ कात्तिक ७९, मंगलबार
Share this
702shares

१५ कात्तिक,काठमाडौं ।

Advertisement

मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो। सोमबार सुनको मूल्य स्थिर रहेको थियो।सोमबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top