युक्रेनमा तबाही मच्चाउने इरानी ड्रोन कस्ता छन् ?

२० कात्तिक, एजेन्सी ।
युक्रेन युद्धमा प्रयोग गर्ने गरी इरानले रुसलाई ड्रोन आपूर्ति गरेको अमेरिका युक्रेनसहित पश्चिमाको दाबीलाई बारम्बार अस्वीकार गरिरहेका् इरानले अन्नत रुसलाई घातक ड्रोन दिएको स्वीकार गरेको छ । इरानका विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले फेब्रुअरीको अन्तमा युक्रेनमा आक्रमण सुरु हुनु अघि ड्रोनहरू रूसलाई पठाइएको बताएका छन् ।

युक्रेनको नागरिकविरुद्ध करिब ४०० इरानी ड्रोन प्रयोग भइसकेको र मस्कोले थप २,००० अर्डर गरेको कीभको दाबी छ । कीभ र यसका पश्चिमी सहयोगीहरूले हालैका हप्ताहरूमा आक्रमण गर्न रसियाले इरानी निर्मित ड्रोन प्रयोग गरेको आरोप लगाएका छन्।

इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार अमिर अब्दुल्लाहियानले भनेका छन्, ‘हामीले युक्रेन युद्धको केही महिनाअघि रुसलाई सीमित संख्यामा ड्रोन आपूर्ति गरेका थियौं’ तर उनले इरानले रुसलाई क्षेप्यास्त्र उपलब्ध गराएको कुरा फेरि अस्वीकार गरेका छन् ।

उनले यी सबै आरोपलाई पूर्णतया झुटो भनेका छन् । हालैका हप्ताहरूमा, रूसी सेनाले युक्रेनी पूर्वाधारमा मिसाइल र विस्फोटक ड्रोनहरू वर्षाएको छ । पश्चिमी हतियारको डेलिभरीबाट बलियो भएको युक्रेनी सेनाले जमिन आक्रमणमा धेरै क्षेत्रमा रुसी सेनालाई पछाडि धकेलेपछि रुसले इरानी ड्रोनको सहारा लिएको पश्चिमाको दावी छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार इरानी अधिकारीहरूले रुसलाई ड्रोन पठाएको विषयमा झूट बोलेको आरोप लगाएका छन्। जेलेन्स्कीले अन्ततः आफूले रुसी आतंकवादका लागि ड्रोन आपूर्ति गरेको कुरा स्वीकार गर्ने निर्णय गरेको बताए। तर यो स्वीकारमा पनि तिनीहरू झुटो बोल्छन्।

हामी हरेक दिन कम्तिमा १० इरानी ड्रोन खसाल्छौं। जबकि इरानी शासनले आक्रमण सुरु हुनुअघि नै रुसलाई कथित रूपमा थोरै ड्रोन दिएको दाबी गरेको छ। यसअघि, युक्रेनको विदेश मन्त्रालयका प्रवक्ताले इरानलाई मस्कोसँगको “मिलापको नतिजा“ ले “रूसको समर्थनबाट प्राप्त हुने लाभहरू“ भन्दा बढी हुने चेतावनी दिएका थिए।

बेलायत र युरोपेली संघले तीन इरानी जनरल र एक हतियार फर्मलाई रुसलाई ड्रोन आपूर्ति गरेको आरोप लगाउदै आएका छन् । इरानले रुसलाई दिएको भनिएका ड्रोनहरु भने आधुनिक र खतरनाक रहेका छन् । सामान्यतया ड्रोनहरू कतैबाट नियन्त्रित हुन्छन् तर यी ड्रोनहरूमा त्यस्तो हुँदैन। तिनीहरूलाई टाढाबाट नियन्त्रण गर्न आवश्यक छैन।

कामिकाजे ड्रोनहरू लक्ष्य पहिचान गरी आक्रमण नगरेसम्म क्षेत्र वरिपरि घुम्छन्। तिनीहरूले ठूलो क्षेत्रमा विस्फोटकहरू खसाल्छन्। यी ड्रोनहरूले कुनै एक क्षेत्रलाई पनि नियन्त्रण गर्न सक्छन्, जसको मद्दतले खतरनाक शक्तिहरूलाई त्यस क्षेत्रमा प्रवेश गर्न दिइँदैन। शहिद–१३६ लाई आत्मघाती ड्रोन पनि भनिन्छ।

यो ड्रोन यति शक्तिशाली छ कि यो निर्देशन प्राप्त गर्नु अघि लक्षित क्षेत्रको नजिक पर्खन्छ। यसपछि निर्देशन प्राप्त हुनेबित्तिकै पूर्ण शक्तिका साथ टार्गेटमा विस्फोटक विस्फोट गराउँछ। यो ड्रोनको तौल २०० केजी र यसको पखेटा २.५ मिटर रहेको मिलिटरी फ्याक्ट्री वेबसाइटले जनाएको छ । यो ड्रोन इरानको विमान निर्माण कम्पनीले तयार पारेको हो र सन् २०२१ देखि यो प्रयोगमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.