एजेन्सी, भदौ १०
स्टार खेलाडी मोहम्मद सलाहको एकमात्र गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियोनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
एनफिल्डमा खेलको २३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । अन्ततः सलाहको त्यही गोल नै लिभरपुलको जितमा पर्याव्त बन्यो । जितसँगै लिभरपुल ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटी समान ३ खेलबाट ७ अंकसहति दोस्रो स्थानमा छ । लिभरपुलसँग पराजित ब्राइटनको ३ खेलबाट ३ अंकसहित १२औं स्थानमा छ ।