नेप्सेमा आज १० दशमलव ५४ अङ्कको गिरावट

२६ कात्तिक ७९, आइतबार

२७ कात्तिक ,काठमाडौं ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ ।

Advertisement

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको शेयर उकालो लाग्दा १२ उपसमूहको शेयर ओरालो लागेको छ ।

कूल दुई सय २५ कम्पनीको २० लाख २८ हजार तीन सय ४८ कित्ता शेयर रु ७७ करोड ४९ लाख ११ हजार सात सय छ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब आठ अर्ब ७० करोड १२ लाख ८२ हजार चार सय ३१ बराबर रहेको छ ।

Advertisement

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु १० करोड ३९ लाख ९६ हजार बराबरको कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त रु दुई करोड ४० लाख ५२ हजार तीन सय ३९, नबिल बैंक रु दुई करोड ३८ लाख २५ हजार नौ सय ५०, हिमालयन पावर पाटनर रु दुई करोड २६ लाख ४६ हजार दुई सय ३७ र नेपाल पुर्नबीमा कम्पनी रु दुई करोड १६ लाख ३९ हजार छ सय सात मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्ड सात दशमलव ९०, लक्ष्मी उन्नति कोष तीन दशमलव ७७, मन्दाकिनी हाइड्रोपावर तीन दशमलव ७४, सिँगटी हाइड्रोपावर तीन दशमलव ३६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै नवील ब्यालेन्स फण्ड दोस्रो छ दशमलव ९०, निर्धन उत्थान लघुवित्त छ दशमलव ४०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ४२, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव १८ र आशा लघुवित्तका लगानीकर्ताले चार दशमलव ८६ प्रतिशतले गुमाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top