×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौंमा लौरो र घण्टीको प्रतिस्पर्धा

५ मंसिर २०७९

५ मंसिर,काठमाण्डौ ।
आज बिहानदेखि १३ वटा निर्वाचन क्षेत्रमा मतगणना हुँदा एकमा नेपाली कांग्रेसले जितेको छ। मुस्ताङमा कांग्रेसका योगेश गौचनले विजय हासिल गरेका हुन्। मतगणना जारी निर्वाचन क्षेत्रमध्य ७ क्षेत्रमा एमाले अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टी ३ मा र जनमत पार्टी १ स्थानमा अघि छ।

गणना सुरू भएका झापा २, धनुषा ३, ललितपुरका तीनटै क्षेत्र, बाँके ३ र काठमाडौं ७ मा एमाले अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ६, ७ र ८ का साथै कास्की २ मा अग्रता लिइरहेको छ। यसैगरी, काठमाडौं १ र भक्तपुर २ मा कांग्रेस अगाडि छ। राष्ट्रिय जनमत पार्टीका सिके राउतले सप्तरी– २ मा अग्रता लिइरहेका छन्।

Advertisement
Advertisement

उनीसँग जसपाका उपेन्द्र यादव पछि परेका छन्। माओवादी केन्द्रका प्रभावशाली नेताहरु नै पछि परेका छन्। माओवादी केन्द्रकी नेता ऊर्जामन्त्री समेत रहेकी ललितपुर ३ मा पम्फा भुसाल पछि परेकी छिन् । एमालेका अमृत खड्काले अग्रता लिइरहेका छन्। यसैगरी मानुषी भट्टराई यमी काठमाडौं ७ मा पछि परेकी छिन्।

काठमाडौं क्षेत्र नम्बर–७ मा एक हजार ५४३ मतगणना गरिएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीको अग्रता कायम छ । रास्वपाका पराजुलीले ३७५ मत पाएका छन् । नेकपा (एमाले)का श्यामकुमार घिमिरेले ३०६ मत ल्याएका छन् ।

नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर प्रतिस्पर्धामा रहेकी नेपाल समाजवादी पार्टीकी उमेदवार मानुषी यमी भट्टराईले २९३ मत पाएकी छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी गणना जारी सवै क्षेत्रमा पछि परेका छन्। कास्की क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ। १८ सय ४ मत गणना हुदाँ स्वतन्त्र पार्टीका माधवप्रसाद कडेँलले ५ सय ६१ मत प्राप्त गरेका छन्।

उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन्। भट्टराईले ४ सय १७ मत पाएकी छन्। एकिकृत समाजवादीका श्रीनाथ बरालले ३ सय २ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका सुवर्णराज पन्तले २ सय ४९ प्राप्त गरेका छन्। उक्त क्षेत्रमा ०७४ सालमा उप–निर्वाचनमा एमालेकी भट्टराईले जित हात पारेकी थिइन्। काठमाडौं– ४ को प्रारम्भिक मतगणना आएको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ६६८ मत ल्याएका छन्। एमालेका राजन भट्टराई उनीसँग झिनो अन्तरले पछि छन्। भट्टराईको ६३३ मत आएको छ। जम्मा १५ सय ११ मत गणनना हुँदा एमालेका भट्टराई ३५ मतले पछि परेका हुन्। त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले ६५ मत प्राप्त गरेको छ। खुकुरी चिह्नमा २८ र लौरो चिह्नमा १९ मत खसेको छ।

बुढानिलकण्ठ– १ बाट मतगणना थालिएको बताइएको छ। उक्त वडा एमालेको पकड क्षेत्रमा मानिन्छ। काठमाडौं ८ को मतगणना जारी छ । अहिलेसम्मको गणनामा ठूला दलहरुलाई पछि पार्दै नयाँ दलहरु मुख्य प्रतिस्पर्धामा रहेका छन् । प्राप्त परिणामअनुसार २ हजार मतको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६०७ मतसहित अग्र स्थानमा छन् ।

उनलाई लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमीले ५९१ मतका साथ पछ्याएका छन् । यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ चौंथो स्थानमा छन् । उनीहरुको मत क्रमशः ३०४ र २१३ रहेको छ ।

Advertisement

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ भोट ल्याएको छ । यता काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रता लिएका छन् । उनले ८० मत प्राप्त गरेका छन् । एमालेका सर्वेन्द्र खनाल ५१ र कांग्रेसका भीमसेनदास प्रधानले ३८ मत पाएका छन् ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top