×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

विश्वकपमा इरानी खेलाडीलाई जेल वा नजरबन्द,हिजाबको विरोध,राष्ट्रिय गान बहिष्कार

६ मंसिर २०७९

६ मंसिर, एजेन्सी ।
कतारमा फिफा विश्वकप चलिरहेको छ । सोमबार मैदानमा इरान र इंग्ल्याण्डको टोली आमनेसामने भएका थिए । यो खेलमा इंग्ल्याण्डले ६–२ को अन्तरले ठूलो जित दर्ता गर्याे । खेल एक पक्षीय देखिएपनि इरानले इंग्ल्याण्डलाई दबाब मै राख्न खोज्यो । तर यो खेल अर्कै कारणले विवादमा छ ।

इरानको राष्ट्रिय टोलीले देशमा जारी महिला प्रदर्शनको समर्थनमा फुटबल खेल सुरु हुनु अघि आफ्नो राष्ट्रिय गान गाउन अस्वीकार गरेको छ। यसैकारण इरान फर्केपछि यो टोलीले गम्भीर परिणाम भोग्नुपर्ने हुनसक्छ, जसको चिन्ता बढ्दै गएको छ । २२ वर्षीया महसा अमिनीको इरानमा प्रहरी हिरासतमा मृत्यु भएको थियो ।

Advertisement
Advertisement

गलत तरिकाले हिजाब लगाएको भन्दै उनलाई पक्राउ गरिएको हो । त्यसयता इरानमा हिजाबको विरुद्धमा प्रदर्शनहरू भइरहेका छन् जुन धेरै देशहरूमा फैलिएको छ। यस क्रममा महिलाहरु हिजाब जलाएर कपाल काटेको पनि देखिएका छन् । सोमबार, इरानको फुटबल टोलीले महिलाहरूको समर्थनमा आफ्नो राष्ट्रिय गान नगाउने साहसी निर्णय गरेको छ।

स्टेडियममा उपस्थित इरानी दर्शकहरूले पनि आफ्नो राष्ट्रिय गानको विरोध गरेका थिए। अहिले यो टोलीमाथि ठूलो खतरा छ । खेलाडीहरूले शासन विरुद्ध आवाज उठाएमा कडा कारबाही भोग्न सक्छ। इरानी शासनले फुटबल खेलाडीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सरकारलाई चुनौती दिएकोमा, इरानी खेलाडीहरूलाई जेल हाल्न, घरमै नजरबन्दमा राख्न वा फुटबल बोर्ड आफैं भंग गर्न सकिनेछ । जसले टोलीलाई भविष्यमा हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिनबाट रोक्छ। गत वर्ष युनाइटेड अरब इमिरेट्समा भएको टी–२० विश्वकपमा पनि यस्तै देखियो ।

Advertisement
Advertisement

क्रिकेट प्रतियोगिता हुनुभन्दा दुई महिनाअघि तालिवानले काबुल कब्जा गरेको थियो। संगठनले देशमा शरिया कानून र तालिबानी झण्डा लागू गरेको थियो। तर अफगानिस्तान क्रिकेट टोलीले स्कटल्याण्डविरुद्धको मैदानमा अफगानिस्तानको झण्डा बोकेको थियो । तालिवानको विरोधमा खेलाडीहरूले खेलअघि आफ्नो राष्ट्रिय गान गाए, जसमा सबैका आँखा रसाएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top