१५ मंसिर, काठमाडौं ।
स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पदमा अर्यालसँगको मतान्तर दुई हजार पुर्याएका छन् ।बिहीबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ४७६ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ४६९ मत पाएकी छन् ।४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनस् मतदानको माग गरेको थियो । तर बुधबार निर्वाचन आयोगले पुनस् मतदान नगर्ने निर्णय गरेको थियो ।